दुर्गा प्रसाईंको अन्तर्वार्ता टेलिभिजनले रोकेको भूषण दाहालको आरोप « Eglish Khabarhub

दुर्गा प्रसाईंको अन्तर्वार्ता टेलिभिजनले रोकेको भूषण दाहालको आरोप



फाइल तस्बिर

काठमाडौं । सञ्चारकर्मी भूषण दाहालले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आफूले लिएको अन्तर्वार्ता एपीवान टेलिभिजनले प्रसारणमा रोक लगाएको आरोप लगाएका छन् ।

बुधबार दाहालले आफूले लिएको व्यवसायी प्रसाईंको अन्तर्वार्ता टेलिभिजन व्यवस्थापनले हेर्दै नहेरी प्रसारण गर्न नदिएको आरोप लगाएका हुन् । दाहालले एपीवान टेलिभिजनमा ब्राभो डेल्टा सो नामक कार्यक्रम चलाउँदै आएका छन् ।

उनले ट्विट गरेका छन्, ‘वाह ! लोकतत्र ३५ वर्षको मेरो टेलिभिजन यात्रामा पहिलोपटक, बनेर तयार कार्यक्रम हेदै नहेरी व्यवस्थापनको हवाला दिँदै प्रसारण नगरिने जानकारी ब्एज्ञज्म् बाट प्राप्त भएकोले, खेदपूर्ण रुपमा सम्पूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु ।’ उनले आफ्नो कार्यक्रम युट्युबमा राखिने जानकारी गराएका छन् ।

Publish on: