काठमाडौं । बिहीबार बिहान मकवानपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान १ बजेर १९ मिनेटमा मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु बनाएर ४.५ म्याग्निच्युडको भुइँचालो गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूइँचालोको धक्का काठमाडौं, मकवानपुर, धादिङ लगायतका जिल्लामा महशुस गरिएको केन्द्रले जनाएको छ।
मध्यरातमा भूकम्प जाँदा काठमाडौं, मकवानपुर लगायतका क्षेत्रमा कतिपय मानिस घरबाहिर निस्किएका थिए ।
SHARE YOUR THOUGHTS