बहुमतको सरकार बनाउन पाए नेताहरुले लुकाएको सबै सम्पत्ति निकाल्छौं: रवि लामिछाने « Eglish Khabarhub

बहुमतको सरकार बनाउन पाए नेताहरुले लुकाएको सबै सम्पत्ति निकाल्छौं: रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा भ्रष्टाचार व्याप्त रहेको र नेताहरुले अकुत सम्पत्ति लुकाएको आरोप लगाएका छन् ।

शुक्रबार पर्सामा आयोजित कार्यक्रममा सभापति लामिछानेले नेताहरुको देखिएको बाहेकको सम्पत्ति रहेको र त्यस्तो सम्पत्ति जहाँ भए पनि आफूहरुले खोजेर ल्याउने दाबी गरे । तर, त्यसका लागि रास्वपाको बहुमत हुनुपर्ने उनको भनाइ छ ।

‘नेताहरुले लुकाएको सम्पत्ति कति होला’ लामिछानेले भने, ‘एकपटक बहुमतको सरकार बनाउन पायौं भने नेताहरुले जहाँ लुकाएको धन भए पनि, संसारको जुनसुकै कुनामा भए पनि निकालेरै छाड्छौं ।’

उनले आफूहरुले मुलुकलाई ट्रय्याकमा ल्याउने दाबी गरे । पुराना दलका नेताहरुलाई आफूले देशको अवस्था र जनताको अवस्थाका बारेमा बारम्बार तिखा वचनले भने पनि कसैले नसुनेको र उनीहरु मुलुक लुट्ने धन्धामा लागेको आरोप लगाए ।

‘मुलुक लुट्ने धन्धामा लागेको मान्छेलाई जनताको माया हुँदो रहिन्छ, त्यही भएर जति भने नि केही नलाग्ने रहेछ’ उनले भने ।

लामिछानेले आफूलाई कतिपयले मधेश बिरोधिको लान्छाना लगाएको भन्दै आफूले राजनीतिमा आउनुअघि मधेशसँग सम्बन्धित धेरै काम गरेको बताए ।

उनले अब मधेशलाई नेता उत्पादन गर्ने नभइ औजार उत्पादन गर्ने कारखाना बनाउनु पर्ने बताए ।

आफूलाई मधेशवादी भन्ने नेताहरुले यतिधेरै सम्पत्ति कसरी जोडेका छन् त्यो थाहा नभएको बताउँदै उनले मधेशका मानिसले छोराछोरीलाई शिक्षा दिन नसकिरहेको बताए ।

Publish on: