प्रसाईंको प्रदर्शन सांस्कृतिक कार्यक्रममा रुपान्तरण, आज यी तीन ठाउँमा हुँदैछ कार्यक्रम « Eglish Khabarhub

प्रसाईंको प्रदर्शन सांस्कृतिक कार्यक्रममा रुपान्तरण, आज यी तीन ठाउँमा हुँदैछ कार्यक्रम



काठमाडौं । व्यवसायी दुर्गा प्रसाईं नेतृत्वमा आज पनि आन्दोलन हुँदैछ ।

गत बिहीबार राजधानीको बल्खुमा प्रदर्शन गरेको प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले त्यसपछिका दिनमा प्रदर्शन गर्न सकिरहेको छैन ।

शुक्रबारबार तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेका प्रसाईं त्यसदिन घरबाट निस्कन पाएनन् । प्रहरीले सुरक्षा दिएको बताए पनि प्रसाईंले भने आफूलाई ‘नजरबन्द’मा राखिएको दाबी गरे ।

त्यसदिन केही प्रदर्शनकारीलाई प्रहरीले तीनकुनेबाट पक्राउ गरेको थियो । शनिबार सिफलमा प्रदर्शन गरको प्रदर्शनमा खासै प्रदर्शनकारीको उपस्थिति रहेको थिएन ।

आइतबार भने प्रसाईंले कलंकी, बालाजु र रत्नपार्कमा सांस्कृतिक कार्यक्रम गर्ने कार्यक्रम सार्वजनि गरेका छन् । भक्तपुरको दरवार क्षेत्रमा गरिने भनिएको कार्यक्रम तीन क्षेत्रमा गर्ने र ति कार्यक्रम सांस्कृतिक हुने अभियानले जनाएको छ । कार्यक्रम एकैपटक ११ बजेबाट सुरु हुने सूचनामा जनाइएको छ ।

Publish on: