
काठमाडौं । कालोसूचीमा परेका व्यक्ति, कम्पनी, संस्था तथा फर्महरुले पनि सामाजिक सुरक्षा भत्ता तथा पेन्सन प्राप्त गर्ने प्रयोजनका लागि खाता खोल्न पाउने व्यवस्था भएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको एकीकृत निर्देशन, २०८० को संशोधित व्यवस्थाअनुसार कानुन बमोजिम सामाजिक सुरक्षा भत्ता तथा पेन्सन रकम प्राप्त गर्ने प्रयोजनको लागि खाता खोल्न पाउने व्यवस्था गरिएको हो ।
संशोधन हुनुअघिको व्यवस्थाअनुसार कालोसूचीमा समावेश भएका व्यक्ति, फर्म, कम्पनी, संस्थाले बैंक तथा वित्तीय संस्थामा खाता (कल खाता समेत) खोल्न नपाउने तथा कायम रहेको खातामा रकम जम्मा गर्न बाहेक अन्य बैंकिङ गर्न नपाइने व्यवस्था थियो ।
संशोधनपश्चात भने कालोसूचीमा समावेश भएका व्यक्ति, फर्म, कम्पनी, संस्थालगायतले बैंक तथा वित्तिय संस्थामा खाता खोल्न नपाए पनि सामाजिक सुरक्षा भत्ता तथा पेन्सन रकम प्राप्त गर्ने प्रयोजनका लागि भने खाता खोल्न पाउने भएका छन् । संशोधित व्यवस्थाले यस्ता प्रयोजनका लागि खाता खोल्न भने कुनै बाधा पुगेको नमानिने राष्ट्र बैंकले जनाएको छ ।
SHARE YOUR THOUGHTS