सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा रमेशराज अर्याल नियुक्त « Eglish Khabarhub

सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा रमेशराज अर्याल नियुक्त


१४ मंसिर २०८०, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समितिले बैंकको स्वतन्त्र सञ्चालकमा रमेशराज अर्याललाई नियुक्त गरेको छ ।

तत्कालीन नेपाल ग्रिन्डलेज बैंक (हाल स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लि.) बाट बैंकिङ करियर प्रारम्भ गरेका अर्याल ३२ वर्षदेखि बैंकिङ क्षेत्रमा संलग्न छन् । उनीसँग कुमारी बैंक तथा साविकको नेपाल क्रेडिट एण्ड कमर्स बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा ७ वर्षको कार्यअनुभव छ ।

त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका उनले स्वदेश तथा विदेशमा गरी थुप्रै बैंकिङसम्बन्धी विशेष प्रशिक्षण लिएका छन् । अर्यालसँग लेखा परीक्षण तथा प्राध्यापनको समेत अनुभव छ ।

यसअघि बैंकको स्वतन्त्र सञ्चालकमा पूर्वसचिवद्वय बालकृष्ण प्रसाईं र अवनिन्द्र श्रेष्ठ तथा प्रतिष्ठित वाणिज्य बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृतहरु सुदेश खालिङ र अनिल ज्ञवालीले समेत योगदान गरेका थिए । अर्यालको नियुक्तिले सुशासन र बैंकिङ जग थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंकले देशभरका १८९ शाखा, १४९ एटीएम र ९७ शाखारहित बैंकिङ इकाइबाट १६ लाख ७६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार ००:००  ६ : २२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping