ज्योति विकास बैंकका ग्राहकलाई सी फुडमा २७ प्रतिशतसम्म छुट « Eglish Khabarhub

ज्योति विकास बैंकका ग्राहकलाई सी फुडमा २७ प्रतिशतसम्म छुट



काठमाडौं । ज्योति विकास बैंकले ग्राहकलाई सी फुडबाट माछा-मासुलगायतका अन्य फ्रोजन खाद्यमा २७ प्रतिशतसम्मको छुट प्रदानसम्बन्धी सम्झौता गरेको छ ।

बैंकले काठमाडौं महानगरपालिका १५ डल्लुस्थित सी फुड एण्ड फुड ट्रेडर्ससँग गरेको सम्झौताबमोजिम ग्राहकले आकर्षक छुट पाउनेछन् । सम्झौता पत्रमा बैंकका चिफ मार्केटिङ अफिसर बलदेव थापा र सी फुडका सञ्चालक प्रीति गुरुङ खड्गीले हस्ताक्षर गरेका छन् ।

ज्योति विकास बैंकका ग्राहकले सी फुडका खाद्यसामग्री खरिद गर्दा बैंकको मोबाइल बैंकिङ, चेक बुक तथा कार्डबाट बिल भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्नेछन् । बैंकले देशका अन्य विभिन्न व्यवसायसँग निरन्तर सहकार्य गर्दै ग्राहकलाई विशेष छुटको व्यवस्था गर्दै आएको जनाएको छ ।

खुद नाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको जनाएको छ ।

ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

Publish on: