शिवम् होल्डिङ्सको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त « Eglish Khabarhub

शिवम् होल्डिङ्सको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त



काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको करिब ८५ प्रतिशत सेयर लगानी रहेको शिवम् होल्डिङ्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले जारी पुँजी ५ अर्ब ८० करोडको २० प्रतिशतबराबर हुने १०० का दरको १ करोड १६ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्न नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा प्रक्रिया अगाडि बढाएको हो ।

शिवम् होल्डिङसका सञ्चालक अध्यक्ष शिवरतन शारडाको उपस्थितिमा सिद्धार्थ क्यापिटल लिमिटेडसँग कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी सम्झौता गरेको छ ।

सम्झौताअनुसार कम्पनीले सर्वसाधारणमा सेयर निष्कासन गरी बजारमा छरिएर रहेको स-साना पुँजीलाई संकलन गर्दै लगानी थप विस्तार गरी देशको अर्थतन्त्रमा योगदान पुर्‍याउँदै नाफा आर्जन गर्ने विश्वास लिएको जनाएको छ ।

शिवम् होल्डिङ्स २०७१ सालमा दर्ता भई २०७९ सालमा पब्लिक लिमिटेडमा परिणत भएको हो । कम्पनीले नेपालको सबैभन्दा ठूलो सिमेन्ट तथा क्लिंकर उत्पादन क्षमता भएको अत्याधुनिक प्रविधियुक्त ग्रिनफिल्ड उद्योग, जुन उद्योगले वेष्ट हिटको उपयोग गरी करिब १२ मेघावाट विद्युतसमेत उत्पादन गरी आफ्नै उद्योगमा प्रयोग गर्दै आएको छ ।

कन्भेयर वेल्टबाट चुनढुंगा ढुवानी गर्न सुरुङमार्गसमेत निर्माण गरिरहेको चिनियाँ विदेशी लगानीसमेत रहेको होङ्सी शिवम् सिमेन्ट प्रालि, विनयी त्रिवेणी गाउँपालिका सर्दि, पूर्वीनवलपरासीमा अवस्थित कम्पनीमा ३० प्रतिशत सेयर रहेको उक्त उद्योग ५ वर्षदेखि पूणर् सञ्चालनमा रहेको प्रोजेक्टमा ठूलो रकम लगानी गरेको छ । उक्त सेयर लगानी गरेको कम्पनीबाट प्रतिफलसमेत प्राप्त गर्न सुरु गरिसकेको जनाइएको छ ।

शिवम् होल्डिङ्स लिमिटेडको अधिकृत तथा जारी पुँजी ५ अर्ब ८० करोडमध्ये संस्थापकहरुतर्फ ८० प्रतिशत अर्थात् ४ अर्ब ६४ करोड र सर्वसाधारणतर्फ १ अर्ब १६ करोड सेयर पुँजी छुट्याई प्रिमियम मूल्यमा निष्कासन गर्ने प्रक्रिया प्रारम्भ गरेको हो ।

Publish on: