मेन स्टोरी लेफ्ट

फागुन १ मा बसन्तपुरमा राजाको हातबाट बत्ती बालेर गणतन्त्र फाल्ने दुर्गा प्रसाईंको घोषणा



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नागरिक सरकार घोषणा गरेर समानान्तर सत्ताको अभ्यास थाल्ने दाबी गरेका छन्।

व्यवस्था परिवर्तनको आन्दोलन घोषणा गरेर प्रसाईंले मंसिर ३० गतेभित्र गाउँदेखि केन्द्रसम्म समानान्तर सरकारको अभ्यास थाल्ने दाबी गरे ।

आइतबार विशेष पत्रकार सम्मेलन गर्दै फागुन १ गतेबाट व्यवस्था परिवर्तनको आन्दोलन निर्णायक बनाउने बताए । फागुन १ गते वसन्तपुरमा दियो बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्ने बताए ।

‘राजाले मेचीमा बालेको दियो फागुन १ गते वसन्तपुरमा राजाकै हातबाट बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्छौं । अब यो व्यवस्था परिवर्तन हुन्छ’ प्रसाईंले भने ।

मुक्तिका लागि भ्रष्ट्राचार र सामान्तविरुद्ध आफूले थालेको आन्दोलन थालेको उनको भनाइ छ ।

पछिल्लो समय सरकारले ऋण लिएर कर्मचारीलाई तलब भत्ता खुवाउनु पर्ने अवस्था आएको भन्दै उनले केही सीमित नेता र आसेपासेले लुट मच्चाइरहेको उनको आरोप छ ।