![](https://internal.appharu.com/wp-content/uploads/2023/12/Biraj-bhakta_samsad_raswapa.jpg)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले कुनै कम्पनीले ‘नेपालमा लगानीको वातावरण छैन’ भन्दा कस्तो असर पर्ला ? भनेर प्रश्न उठाएका छन् ।
‘एक कम्पनीले नेपालमा लगानी गर्ने वातावरण छैन भनेर आक्षेप लगाउँदा त्यसले देशमा पर्ने असरका बारेमा ध्यान दिन आवश्यक छ,’ प्रतिनिधि सभाअन्तर्गत अर्थसमितिको बुधबारको बैठकमा उनले भने ।
एनसेलको सेयर किनबेचमा धेरै नै भ्रष्टाचार भएको भन्दै उनले अब जनता सडकमा आउन बाध्य हुने बताए । एनसेलको सेयर खरिद-बिक्रीका विषयमा सुरुदेखि अहिलेसम्मका सबै विवरण मागेर अध्ययन गर्न सांसद श्रेषठले माग गरे ।
SHARE YOUR THOUGHTS