![](https://internal.appharu.com/wp-content/uploads/2023/01/manish-jha.jpg)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं सार्वजनिक लेखा समिति सदस्य मनिष झाले एनसेलमा देखिएको समस्या स्मार्ट सेलतर्फ तेर्सिएको बताए ।
आजियटाले नेपालमा लगानी गर्न नसकिने भनेकाले त्यसको कारण चाहिने झाले बताए ।
एनसेलको कुन बैंकमा कति लगानी, कति कर्जा छ ? त्यसको विवरण माग्न उनले समितिलाई आग्रह गरे ।
अर्थमन्त्री डा प्रकाशशरण महतले मंगलबार आफूलाई एनसेल बिक्रीबारे थाहा नभएको बताएको र त्यसको दुई घण्टामा नै थाहा छ भन्दै भाषण गरेकोले सरकारमा रहेकाहरु जिम्मेवार नरहेको देखिएको टिप्पणी गरे ।
सत्ता गठबन्धनले मंगलबार साँझ एनसेल खरिद बिक्रीबारे छानबिन गर्ने निर्णय गरेको र त्यो अपूर्ण रहेको उनको जिकिर छ ।
गठबन्धनले यसअघि गरेको निर्णयहरुको नतिजा राम्रो नभएकाले एनसेल प्रकरणमा पनि त्यस्तै हुने शंका व्यक्त गरे । छानबिन गर्नलागि राजनीतिक नेतृत्वले आयोग बनाउने काम सही नभएको भन्दै झाले त्यसलाई रोक्न माग गरे ।
दूरसञ्चार प्राधिकरण, कर कार्यालय, कम्पनी रजिष्ट्रार कार्यालय लगायतका संस्था हुँदा हुँदै राजनीतिक नेतृत्वले हस्तक्षेप गर्न नहुने उनको धारणा छ ।
SHARE YOUR THOUGHTS