![](https://internal.appharu.com/wp-content/uploads/2023/12/nrb-maudik-niti.png)
काठमाडौं । मासिक रुपमा नियमित ऋण तिर्न नसकेका लघुवित्तका ऋणीले कर्जा पुन:संरचना गर्न पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षाले चैतसम्म ऋणीले आवेदन दिई कर्जा पुन:संरचना गर्न पाउने व्यवस्था गरेको हो ।
समीक्षामा लघुवित्तको नियमित सम्पर्कमा रहेका तर परिस्थितीजन्य कारणले समस्यामा परेर कर्जालाई नियमित गर्न नसकेका ऋणीले कर्जा पुन:संरचनाका लागि चैतसम्ममा आवेदन दिनुपर्ने उल्लेख छ ।
आवेदन दिने ऋणीको कर्जालाई पुन:संरचना गर्न मिल्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।
SHARE YOUR THOUGHTS