
काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलको सेयर खरिद बिक्री प्रकरणमा प्रधानमन्त्रीसँग छलफल गर्ने भएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई समितिको बैठकमै बोलाएर छलफल गर्ने निर्णय गरेको हो ।
समितिका सभापति रामहरि खतिवडाले उक्त बैठकमा संवैधानिक परिषद् सम्बन्धी विधेयकबारे पनि प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय भएको जानकारी दिए ।
त्यस्तै मंसिर २७ गते प्रधानसेनापतिलाई समितिमा बोलाउने निर्णय समितिले गरेको छ । फास्ट ट्रयाकबारे छलफल गर्न प्रधानसेनापति प्रभुराम शर्मालाई बैठकमा बोलाउने निर्णय भएको उनले जानकारी दिए ।
SHARE YOUR THOUGHTS