![](https://internal.appharu.com/wp-content/uploads/2023/09/gold-tribhuvan-768x403-1.png)
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद भएको छ । शनिबार राति सुनसहित केही व्यक्ति पक्राउ परेका छन् ।
भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो ।
फ्लाइ दुबईको जहाज चढेर काठमाडौं आएका विदेशी नागरिकबाट सुन बरामद भएको प्रहरीको भनाइ छ । पक्राउ परेका व्यक्तिलाई गौशाला प्रहरी वृत्त लगिएको छ । यसअघि बिहीबार राति विमानस्थलबाटै १४ किलो र शुक्रबार दिउँसो थानकोटबाट २ किलो सुन बरामद भएको थियो ।
SHARE YOUR THOUGHTS