भारतका सबैभन्दा धनी मुकेश अम्बानीको सम्पत्ति बराबर एलन मस्कको एक वर्षको कमाइ « Eglish Khabarhub

भारतका सबैभन्दा धनी मुकेश अम्बानीको सम्पत्ति बराबर एलन मस्कको एक वर्षको कमाइ


१५ पुस २०८०, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

एजेन्सी । भारतीय धनाढ्यहरु मध्ये रिलायन्स इन्डष्ट्रिजजका अध्यक्ष मुकेश अम्बानीको सम्पत्ति सन् २०२३ मा ७६ हजार करोड भारतीय रुपैयाँले बढ्दा उनका प्रतिस्पर्धी अडानी समूहका अध्यक्ष गौतम अडाको सम्पत्तिमा भने गिरावट आएको छ ।

ब्लुमबर्ग रियल टाइम बिलेनियर इन्डेक्सकाअनुसार यो वर्ष अम्बानीको सम्पत्ति ९.२३ बिलियन अमेरिकी डलरले बढेको हो । यससँगै अम्बानी यस वर्ष पनि भारतका सबैभन्दा धनी व्यक्ति बनेका छन् । यस वर्षको वृद्धिसहित उनको कूल सम्पत्ति ९६.३ बिलियन अर्थात ८.१६ लाख करोड भारतीय रुपैयाँ पुगको छ । भारतका सबैभन्दा धनी अम्बानी विश्वका धनीमा १३ औं नम्बरमा परेका छन् ।

यस्तै अर्का धनाढ्य अडानी ग्रुपका अध्यक्ष गौतम अडानीको भने सन् २०२३ सुखद वर्ष रहेन । उनको यो वर्ष सम्पत्ति ३६.२ बिलियन डलर अर्थात करिब ३.०१ लाख करोडले घटेको छ । सम्पत्तिमा ह्रास आएसँगै ८४.३ बिलयन डलर अर्थात् ७.०१ लाख करोड भारतीय रुपैयाँ सहित उनी भारतका दोस्रो धनाढ्य व्यक्ति बनेका हुन् ।

अम्बानीको प्रतिस्पर्धी हुन सक्ने अनुमानका बीच गौतमको सम्पत्ति यस वर्ष उल्लेख्य रुपमा घटेको हो । यद्यपी उनी भारतका दोस्रो धनीमा भने यथावत रहेका छन् । विश्वका धनाढ्यहरुका सूचीमा अडानी १४ औं स्थानमा छन् । अम्बानी १३ औँ स्थानमा रहँदा उनी १४ औँ स्थानमा रहेका हुन् । हिडनबर्ग रिसर्च रिपोर्टमा अडानीले बिभिन्न कम्पनीको सेयरमा चलखेल गरेको आरोप लागेको थियो । सोही रिपोर्ट सार्वजनिक भएसँगै उनको सम्पत्तिमा गिरावट आएको हो ।

यस्तै यो वर्ष भारतका धनाढ्यको सूचीमा क्रमश शापूरजी पालोनजी ग्रुपका अध्यक्ष शापूर मिस्त्री ६२.३५ हजार करोड सम्पत्तिका साथ तेस्रो स्थानमा छन् भने एचसी एल टेक कम्पनीका शिव नादर ७.०१ हजार करोडका साथ चौथो स्थानमा छन् ।

अम्बानीको कुल सम्पत्ति एलन मस्कको एक वर्षको कमाइ बराबर

भारतीय धनाढ्यको अहिलेसम्मको कुल कमाइ टेस्लाका सीईइओ एलन मस्कको एक वर्षको कमाइ बराबर देखिएको छ । मस्कको सम्पति यो वर्ष करिब ८ लाख करोड भन्दा बढी छ । जुन मुकेश अम्बानीको कुल सम्पत्तिको बराबर हो ।

ब्लुमबर्गका अनुसार यो वर्ष मस्कको नेटवर्थ ७.६७ लाख करोडले बढेर १९.०६ लाख करोड पुगेको छ । उनी यस वर्षका सर्वाधिक धनी व्यक्तिहरुको सूचीमा पहिलो नम्बरमा छन् । दोस्रो धनीमा लक्जरी गुड्स कम्पनीका मालिक बर्नाड अर्नाल्ट छन् भने तेस्रोमा अमेजनका मालिक जेफ बजोस छन् । माइक्रेसफ्टका मालिक बिल गेट्स चौथो नम्बरमा आउँदा फेसबुकका निर्माता मार्क जुकरबर्ग छौठौँ स्थानमा देखिएका हुन् ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार ००:००  १२ : ११ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping