क्यानका डीजीलाई अराजक नहुन मन्त्रीको चेतावनी, ग्राउण्ड ह्याण्डलिङ खोस्ने अधिकार कस्ले दियो ? « Eglish Khabarhub

क्यानका डीजीलाई अराजक नहुन मन्त्रीको चेतावनी, ग्राउण्ड ह्याण्डलिङ खोस्ने अधिकार कस्ले दियो ?


१५ पुस २०८०, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई अराजक नहुन चेतावनी दिएका छन् । वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङ खोस्ने अधिकार कसले दियो भनेर प्रश्न गर्दै मन्त्री किराँतीले यसबारे कोकोहोलो गरेर धुवाँ नउठाउन चेतावनी दिए ।

उड्डयन प्राधिकरणको २५ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री किराँतीले निगमको जीवन मानिएको ग्राउण्ड ह्याण्डलिङ खोस्न प्राधिकरणले नसक्ने भएकाले अनावश्यक हल्ला नगर्न पनि आग्रह गरे ।

उड्डयन प्राधिकरणले मंसिर १५ गते वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङ खोस्ने निर्णय गरेको थियो । वायुसेवा निगमले ६ दशकदेखि सेवा दिँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवा खोस्ने र प्रतिस्पर्धा गराएर दिने निर्णय प्राधिकरणले गरेको थियो ।

प्राधिकरणको उक्त निर्णयपछि निगम कर्मचारीले मंसिर १८ गतेदेखि १२ दिनसम्म आन्दोलन गरे । पर्यटन मन्त्रीकै सुझावअनुसार निगमका कर्मचारीले आन्दोलन स्थगन गरिसक्दा पनि फेरि ग्राउण्ड ह्याण्डलिङकै बारेमा अनावश्यक बहस गरिएको भन्दै मन्त्री किराँतीले वायुसेवा निगमको अधिकार प्राधिकरणले खोस्न नसक्ने बताए ।

वायुसेवा निगम सुधार गर्न पनि नसक्ने, निगमको लागि दीर्घकालीन भिजन बनाएर काम गर्न नदिने र भएको सेवा पनि खोसेर राष्ट्रिय ध्वजाबाहकलाई बन्द हुन नदिने भन्दै प्राधिरकणलाई चेतावनीसहित अब निगमको विषयमा बहसै नगर्न पनि मन्त्रीले आग्रह गरे ।

किराँतीले प्राधिकरणका कर्मचारीसँग आक्रोसित हुँदै भने ‘निगमको ग्राउण्ड ह्याण्डलिङका बारेमा प्रधानमन्त्रीसँग डेलिकेसनमा गएर खोस्ने वा राख्ने भन्ने विषयमा अनुमति लिएर आउनुस् ।’

किराँतीले थपे, ‘पटक पटक किन वायुसेवा निगमलाई दिने कि नदिने भनेर प्रश्न उठाउनुहुन्छ ? निगम राख्ने कि नराख्ने भनेर तपाईहरू किन कोकोहोलो गरेर धुवाँ उठाउनुहुन्छ ? अब यो बहस बन्द गर्नुस्, ग्राउण्ड ह्याण्डलिङ निगमबाट खोसिदैन निगमसँग नै रहन्छ ।’

वायुसेवा निगम राष्ट्रिय ध्वजाबाहक भएकोले यो विषय अब प्रधानमन्त्रीसँगको सरोकारको बनिसकेको छ भने देशका सबै ठूला राजनीतिक दलकोसमेत चासोको विषय भएको पनि किराँतीको भनाइ छ ।

‘वायुसेवा निगमलाई ग्राउण्ड ह्याण्डलिङ चाहिन्छ, निगम बचाउँनका निम्ति पनि ग्राउण्ड ह्याण्डलिङ कसैले खोस्न सक्दैन,’ किराँतीले भने, ‘यही हो सरकारको बटम लाइन ।’

सरकारले अर्को निर्णय नगरेसम्म अब यो विषय उठाए नीति र नेतृत्वमाथिकै हस्तक्षेप हुने भन्दै किराँतीले प्राधिकरणका कर्मचारीलाई चेतावनीसमेत दिए । आजैको दिनबाट वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङको विषयमाथिको बहस बन्द गर्न पनि उनले निर्देशन दिएका छन् । अब पनि निगमकै बारेमा कुरा उठाए राम्रो नहुने भन्दै किराँतीले अधिकारी नेतृत्वका कर्मचारीलाईसमेत चेतावनी दिए ।

वायुसेवा निगमले अहिलेसम्म धेरै जहाज थप गर्न नसक्ने गरी डुब्नुमा आफ्नो दोष नभएको पनि किराँतीको भनाइ छ । उनले अझै सच्चिने समय भएकोले निगमको पुनरसंचरना गर्ने, विधि विधानमा के समस्या छन् त्यो सच्चाउँदै जाने बताए ।

वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर इन्डियाबाहेक सबै अन्तर्राष्ट्रिय उडानका वायुसेवालाई भूमिस्थ प्रवन्ध सेवा (जहाजबाट सामान निकाल्ने राख्ने र यात्रुको व्यवस्थापन मिलाउने) काम गर्छ । निगमले ग्राउण्ड ह्याण्डलिङबाट बार्षिक ४ अर्ब रुपैयाँभन्दा बढी आर्जन गरिरहेको छ । यसबाट निगमले हाल एक अर्ब रुपैयाँ नाफा मात्रै कमाउँछ ।

कार्यक्रममा पर्यटन मन्त्रीले नेपालको एयरपोर्टमा दाग नदेखिने गरी प्राधिकरणका कर्मचारीलाई काम गर्नसमेत निर्देशन दिए । उनले हाम्रो राष्ट्रियता र सार्वभौमसत्तामाथी प्रश्न उठाउने गरी काम गर्न नहुने बताए ।

प्रधानमन्त्रीले पनि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, भैरहवा र निजगढ विमानस्थलाई प्राथमिकता राखेर काम अगाडि बढाइरहेको उनको आशय थियो । सरकारले निजगढ विमानस्थल सार्वजनिक निजी साझेदारी मोडलमा अगाडि बढ्ने पनि बताए ।

किराँतीले नेपालको पर्यटनमा भइरहेको विकासको गतिका कारण अबको २५ वर्षमा नेपाल संसारकै नमूना हुने आशा पनि व्यक्त गरे । उनले भने, ‘हाम्रो हवाई उद्योगमाथि आज हालेको इँटामाथि ठूलो गगनचुम्बी महल बन्ने छ । इज्जत देखाउन लायक पक्कै हुनेछ । नेपालको गौरब बन्नने आयोजना र पर्यटन क्षेत्रको लागि आजैबाट लाग्नुपर्ने छ ।’

मन्त्री किराँतीले प्राधिकरणका कर्मचारीले अनुशासनबाहिर गएर गैरजिम्मेवारीपूर्ण ढंगबाट निगमको विरोध गरेको विषयमा पनि कर्मचारीलाई सम्झाएका छन् । मन्त्री किराँतीले भने ‘नीति नियमको कुरा कर्मचारीले सिकाउने होइन । कर्मचारीले अनुशासनमा बस्नुपर्छ । अराजक हुने होइन ।’

उनले राज्यले बनाएको नीति नियम र मर्यादामा कर्मचारी बस्नुपर्ने बताए ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार ००:००  ३ : ४६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping