बालकुमारी घटना : २ मन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको निर्देशन « Eglish Khabarhub

बालकुमारी घटना : २ मन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको निर्देशन


१६ पुस २०८०, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । ललितपुरको बालकुमारीमा सुरक्षाकर्मीको गोली लागेर ज्यान गएको घटना प्रकरणमा संसदीय समितिले २ मन्त्रीमाथि छानबिन गर्न निर्देशन दिएको छ।

सोमबार बसेको संसद्‌को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको भूमिकाबारेमा छानबिन गर्न निर्देशन दिएको हो।

समितिका सभापति रामहरि खतिवडाले समितिको निर्णय जानकारी गराउदै मन्त्री भण्डारी र ज्वालाको भूमिकाबारे छानविन गर्न निर्देशन दिएका हुन् ।

समितिले ईपीएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा दुई नेपाली नागरिकको मृत्यु भएकोमा मृत्यु भएका परिवारलाई थप क्षतिपूर्ति दिन र दुवै मृतकका परिवारलाई रोजगारीका अवसर उपलब्ध गराउन सरकारलाई निर्देशन पनि दिएको छ।

घटनामा सम्बन्धित साना कर्मचारीहरू मात्र निलम्बनमा पर्ने र अन्य उम्किने अवस्था सिर्जना भएको ठहर गर्दै समितिले काम गर्ने कर्मचारीको मनोवल खस्न नदिन समस्याको न्यायोचित समाधान गर्न पनि निर्देशन दिएको छ।

‘यस प्रकारको घटना अब आइन्दा नहोस् भनी सम्बन्धित सबै पक्ष सजग रहन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने’, खतिवडाले समितिको निर्णय सुनाउदै भने ।

समितिको निर्णयमा सुरक्षा निकायलाई आवश्यक स्रोत साधन पर्याप्त उपलब्ध गराउन पनि निर्देशन दिइएको छ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार ००:००  २ : १२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping