![](https://internal.appharu.com/wp-content/uploads/2024/01/prachanda-And-Jayshankhar-768x403.png)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारतका विदेशमन्त्री डा एस जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन् ।
बिहीबार बिहान काठमाडौं आइपुगेका भारतीय विदेशमन्त्री एस जयशंकर सिंहदरबार पुगेर प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् ।
नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर आज बिहान काठमाडौं आइपुगेका हुन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/01/prachanda-And-Jayshankhar1.png)
जयशंकरले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरिसकेका छन् भने एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
SHARE YOUR THOUGHTS