आज ३७ कम्पनीको साधारणसभा, २३ वटाले सेयरधनीलाई लाभांश नदिने « Eglish Khabarhub

आज ३७ कम्पनीको साधारणसभा, २३ वटाले सेयरधनीलाई लाभांश नदिने



काठमाडौं । आज पुस मसान्तका दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ३७ कम्पनीले साधारणसभा गर्दैछन् ।

साधारणसभा बोलाएका ३७ कम्पनीमा २३ वटाले सेयरधनीको हात खाली बनाएका छन् भने १४ वटा कम्पनीले मात्रै सेयरधनीलाई लाभांश दिएका छन् ।

आज सभा बोलाएका कम्पनीमा सबैभन्दा बढी लाभांश नेपाल टेलिकमको रहेको छ । कम्पनीले गत आवको नाफाबाट लगानीकर्तालाई ४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यस्तै राधी विद्युत् कम्पनी बोनस ४.७५ प्रतिशत र कर प्रयोजनका लागि नगद ०.२५ प्रतिशत रहेको छ भने छिमेक लघुवित्त वित्तीय संस्थाले बोनस ५ प्रतिशत र नगद १० प्रतिशत, बुटवल पावर कम्पनीले ५ प्रतिशत नगद, आईसीएफसी फाइनान्स ६.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेका छन् ।

यस्तै एचआईडीसीएलले ५.२६ प्रतिशत नगद, साना किसान विकास लघुवित्त वित्तीय संस्थाले १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद, श्री इन्भेष्टमेन्ट ५.०५ प्रतिशत नगद, युनिभर्सल पावर कम्पनीले ८.५५ प्रतिशत बोनस र ०.४५ प्रतिशत नगद, ग्लोबल आइएमई लघुवित्तले १० प्रतिशत नगद, जीवन विकास लघुवित्त वित्तीय संस्थाले १४ प्रतिशत बोनस र कर ०.७३६ प्रतिशत नगद, सिटिजन लाइफ इन्स्योरेन्सले ५ प्रतिशत बोनस र कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेका छन् ।

यस्तै मन्दाकिनी हाइड्रोपावर ४.७५ प्रतिशत बोनस र कर ०.२५ प्रतिशत नगद, गरिमा विकास बैंकले ९.५० प्रतिशत बोनस र ०.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेका छन् । कम्पनीहरुले गरेको लाभांश आज सम्पन्न हुने सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

सभा घोषणा गरेर सेयरधनीका हात खाली बनाउने २३ कम्पनीमा प्राइम कमर्शियल बैंक, हिमालयन बैंक, नेपाल बैंक, मोदी इनर्जी, सिनर्जी पावर, अरुण भ्याली हाइड्रोपावर, सीवाइसी नेपाल लघुवित्त संस्था, इस्टर्न हाइड्रोपावर नेपाल, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, सान्जेन जलविद्युत आयोजना, युनियन हाइड्रोपावर, गणपति लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएका छन् ।

यस्तै दोर्दी खोला हाइड्रोपावर, राप्ती हाइड्रोपावर, लक्ष्मी लघुवित्त वित्तीय संस्था, गुडविल फाइनान्स, पोखरा फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, घलेम्दी हाइड्रोपावर, बीपीडब्लु लघुवित्त वित्तीय संस्था, बाराही हाइड्रोपावर र माथिल्लो मैलुङ खोला हाईड्रोपावर कम्पनीले सेयरधनीको हात खाली बनाएका छन् ।

Publish on: