
काठमाडौं । नयाँबानेश्वरको सडकमा गुडिरहेको यात्रु बस भासिएको छ । कोटेश्वरबाट रत्नपार्कतर्फ गइरहेको बा. ३ ख ३७६२ नम्बरको यात्रुबस गुड्दागुड्दै भासिएको हो ।
सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ । बस भासिएसँगै यात्रुहरु बाहिर निस्किएका थिए ।
यसअघि दुई वर्षअघि पनि बानेश्वरस्थित सिभिल अस्पताल अगाडिको सडक भासिएर ठूलो खाल्डो परेको थियो ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले माइतीघर-तीनकुने सडक करिब ५० करोड रुपैयाँ लागतमा सडक निर्माण गरेको थियो ।
SHARE YOUR THOUGHTS