
काठमाडौं । सरकारले लगानी सम्मेलनको मुखमा निजी क्षेत्रलाई त्रसित बनाउने गरी व्यवासायी पक्राउ गरेको नेपाल उद्योग परिसंघ (सीएआई)ले बताएको छ ।
सीएनआईले विहीबार पत्रकार सम्मेलन गरेरै कुनै सूचना विना नै व्यवसायी पक्राउ गर्नु गलत भएको पनि सीएनआईका अध्यक्ष राजेश अग्रवालको भनाइ छ । उनले भने ‘व्यवसायी पक्राउ गर्नु आपत्तिजनक छ । उहाँ देश छोडेर बाहिर जान लागेका थिएनन् । निजी क्षेत्रको योगदान देशको पूजी निर्माणमा ७७ प्रतिशतभन्दा बढी छ ।’
सरकारले पनि नीति निर्माणमा निजी क्षेत्रलाई सहभागि गराउन थालेका बेला आतंकित बनाउने गरी व्यवसायी पक्राउ गर्न नहुने पनि उनको भनाइ छ ।
उनले भने ‘संविधानको धारा १६ (१) विपरीत पक्राउ चौधरीलाई पक्राउ गरिएको छ ।’
अभियोग प्रमाणित नभएसम्म कसुरदार नहुने अवस्थामा सरकारले वैयत्तिक स्वतन्त्रताको हनन गर्ने गरी पक्राउ गरेको पनि उनको भनाइ छ।
SHARE YOUR THOUGHTS