![](https://internal.appharu.com/wp-content/uploads/2023/10/israil2.jpg)
काठमाडौं । मध्यपूर्वको तनावग्रस्त अवस्था साम्य हुने संकेत देखिएको छ । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायल र आफूबीच युद्ध सुरु भएको साढे चार महिनापछि युद्ध बिरामको प्रस्ताव गरेको छ ।
कतारी तथा मिश्रका मध्यतकर्ताहरुमार्फत अमेरिकाले पठाएको प्रस्तावमा हमासले पनि तीन चरणमा गरेर युद्ध बिराम गर्ने प्रस्ताव गरेको हो ।
रोयटर्सकाअनुसार हमासले ४५ दिनको एक चरण हुने गरि कुल १३५ दिनको अन्तराल राखेर युद्ध बिरामको प्रस्ताव गरेको छ । उक्त प्रस्तावकाअनुसार एकअर्काले कैदिबन्दी बनाएकाहरुलाई छाड्ने, गाजाको पुननिर्माण सुरु गर्ने, इजरायली सैनिकलाई गाजा क्षेत्रबाट पूर्ण रुपमा फिर्ता बोलाउने र मृतहरुको शरीर साटासाट गर्नेजस्ता कुराहरु रहेका छन् ।
हमासले पठाएको प्रस्तावकाअनुसार सुरुवाती ४५ दिनको पहिलो चरणमा नै कैदिबन्दी रहेका इजरायली महिला र १९ वर्ष मुनिका पुरुष तथा बिरामी बृद्धहरुलाई छाडिनेछ भने यसको बदलामा इजरायलले प्यालिस्टिनी महिला तथा बालबालिकालाई छाड्नुपर्ने भनिएको छ । बाँकी रहेका पुरुष कैदिबन्दीहरुलाई दोस्रो चरणमा छाड्ने र अन्यलाई तेस्रो चरणमा छाड्ने गरि हमासले प्रस्ताव पठाएको हो ।
SHARE YOUR THOUGHTS