![](https://internal.appharu.com/wp-content/uploads/2022/11/election-comission-768x461.png)
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गत इलाम-२ र सूदुरपश्चिम प्रदेशसभाअन्तर्गत बझाङ-१ मा वैशाख १५ गते शनिबार उपनिर्वाचन हुने भएको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले ती क्षेत्रमा वैशाख १५ गते चुनाव गराउने निर्णय गरेको हो ।
इलाम-२ मा एमालेबाट निर्वाचित सुवासचन्द्र नेम्बाङ र बझाङ-१ मा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि ति स्थान रिक्त भएको थियो ।
संविधानसभाका अध्यक्ष समेत रहेका इलामका नेम्बाङको गत भदौ २६ गते निधन भएको थियो भने सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्रीसमेत रहेका सिंहको असार ५ मा सडक दुर्घटनामा निधन भएको थियो ।
SHARE YOUR THOUGHTS