काठमाडौं । कोशी प्रदेश लोक सेवा आयोगले २२१ जनाका लागि रोजगारीको अवसर खुलाएको छ ।
कोशी प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवाअन्तर्गत प्राविधिक तर्फका प्रदेश वन सेवा अन्तरगतको जनरल फरेष्ट्री समूहको आधारभूत तहमा वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशन गरेको छ।
प्रदेश निजामती सेवा तर्फका विभिन्न सेवा, समूह, उपसमूह तथा तहका पदहरूमा (खुला तथा समावेशी) प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरिएको सूचनामा जनाइएको छ ।
परीक्षामा शारीरिक परीक्षण, तन्दुरुस्ती परीक्षा, लिखित परीक्षा र अन्तर्वार्ता लिइनेछ । शारीरिक परीक्षण, तन्दुरुस्ती परीक्षा तथा लिखित परीक्षाको परीक्षा केन्द्र आयोगले पछि सूचना प्रकाशन गरे बमोजिम हुनेछ ।
प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर तीन सय बुझाउनुपर्नेछ । समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा प्रत्येक थप समूहका लागि एक सय रुपैयाँ थप दस्तुर लाग्ने सूचनामा जनाइएको छ ।
SHARE YOUR THOUGHTS