![](https://internal.appharu.com/wp-content/uploads/2024/02/Bhakta-Raj-Acharya.jpg)
काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि ललितपुरस्थित मेडिसिटी अस्पताल लैजाने क्रममा उनको निधन भएको हो ।
८२ वर्षीय आचार्यको सोमबार भएको हो । घरमै बसेका बेला एक्कासि अक्सिजनको लेभल घटेपछि अस्पताल लैजाने क्रममा आचार्यको निधन भएको जनाइएको छ ।
४ सयजति गित गाएका आचर्यका मुटु जलिरहेछ, जति चोट दिन्छौं, जहाँ छन् बुद्धका आँखा लगायतका चर्चित गित छन् ।
१९९९ सालमा धनकुटामा जन्मिएका भजन शिरोमणि आचार्यका श्रीमती, दुई छोरा छन् ।
SHARE YOUR THOUGHTS