औषधि पसलमा महानगरको अनुगमन: ११८ पसलले पालना गरेनन् आधारभूत मापदण्ड « Eglish Khabarhub

औषधि पसलमा महानगरको अनुगमन: ११८ पसलले पालना गरेनन् आधारभूत मापदण्ड


१८ फाल्गुन २०८०, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुगमन गरेका ११८ वटा औषधि पसलको अनुगमन गर्दा कुनै पनि पसलमा आधारभूत मापदण्ड नै पालना नभएको पाइएको छ ।

महानगरको स्वास्थ्य विभागले गरेको अनुगमनका क्रममा कुनै पनि औषधि पसलमा मापदण्ड नै पालना नगरेको पाइएको हो ।
महानगरले अनुगमनका क्रममा कलंकीस्थित मिसन फार्मेसीमा फ्रिज नै नचलाई खोप भण्डारण गरेको पाएको छ । उक्त औषधी पसलमा भेट्टाइएका ३ प्याकेट (३० वटा) एन्टिरेविज भ्याक्सिन, टीटी खोप ९ थान र ३ थान इन्सुलिन जफत गरिएको महानगरले जनाएको छ ।

त्यस्तै, रविचन्द्र फार्मेसीमा रेफ्रिजेरेटरमा ओप राख्दा तापक्रम नमिलेको पाइएको महानगरको स्वास्थ्य विभागले जनाएको छ । महानगरको अनुगमन समितिकी संयोजक उपप्रमुख सुनिता ढंगोलले भनिन्, ‘औषधि पसलहरुले फ्रिज तथा खोप भण्डारण कक्षमा आवश्यक तापक्रम नमिलाउनु गम्भीर लापरबाही हो । जनस्वास्थ्यका दृष्टिले चरम गल्ती हो । यस्ता ठाउँमा सुधारको मौका दिन सकिदैंन ।’

महानगरको फार्मेसी अनुगमन संयोजक तथा अस्पताल नर्सिग निरीक्षक कल्पना श्रेष्ठकाअनुसार औषधी राख्ने फ्रिजमा कोल्ड चेन कुनैमा पनि पालना नभएको पाइएको बताइन् । त्यस्तै, पसल दर्ता गर्दा एक नाममा प्रमाणपत्र भएको तर पसलमा भने अर्कै व्यक्ति रहेको, महानगरपालिकामा दर्ता नै नभएको, बिलमा औषधीको म्याद सकिने मिति, ब्याज नम्बरजस्ता कुराहरु नलेखिएको, नार्कोटिक ड्रग बेच्ने पसलमा डाक्टरको मेडिकल काउन्सिल दर्ता नम्बर नभएकोजस्ता समस्याहरु देखिएका छन् ।
त्यस्तै, आयुर्वेदिक औषधी पसलमा सर्जिकल र एलोपेथिक औषधीहरु पनि पाइएको उनले बताइन् ।

सुयोग आयुर्वेदिक औषधी पसलमा आयुर्वेद अध्ययन नै नगरेको व्यक्तिले औषधी बिक्री गरेको, रोयल गन्तव्य हेल्थ केयर प्रालि घट्टेकुलोको औषधि पसलमा व्यक्तिको प्रमाण पत्र नभएको जस्ता समस्या पाइएका छन् । त्यस्तै, अनामनगरस्थित रिजाल ड्रग हाउसमा औषधिभन्दा धेरै कस्मेटिक सामान भेटिएको महानगरले जनाएको छ ।

श्रेष्ठकाअनुसार नाम नै लिने गरि राम्रो औषधी पसल कतै पनि नपाइएको अवस्था महानगरमा रहेको छ ।
महानगरको स्वास्थ्य विभागले गत असोज २१ बाट सुरु गरेको अनुगमन सुरु गरेको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार ००:००  ११ : १३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping