काठमाडौं । सागर लामिछाने मगरको निर्देशनमा बनेको ‘हातैमा लेखेको’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
पदम राई तथा सुनिता सन्यक लिम्बुको स्वर रहेको उक्त गीतको शब्द डिपि खनालले लेखेका छन् ।
तारा प्रकाश लिम्बुको संगीत रहेको गीतको एरेन्ज भने उदयराज पौडेलले गरेका हुन ।
प्रेमिल भावनाले भरिएको उक्त गीतको भिडियो भने लामिछानेको निर्देशनमा रहेको छ, जसलाई सम्भव सुबेदिले खिचेका छन । भिडियोमा गायकद्वय लिम्बु र राईसँगै रिया लामा र निमबाबु तामाङको पनि अभिनय रहेको छ ।
भिडियोको सम्पादन अनिल रानाले गरेका छन् ।
हेर्नुहोस भिडियो
SHARE YOUR THOUGHTS