![](https://internal.appharu.com/wp-content/uploads/2022/12/balkot-baithak-kp-prachanda-768x462.jpg)
काठमाडौं । कांग्रेस नेतृत्वको सत्ता गठबन्धन टुटेसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउने भएका छन् ।
अहिलेका सबै मन्त्री हटाउने र सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीले तयारी गरेका हुन् ।
नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना मन्त्री बन्दैछन् ।
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्न लागेको जानकारी दिए । सानो आकारको मन्त्री मण्डलले आज सपथ लिने उनको भनाइ छ ।
SHARE YOUR THOUGHTS