![](https://internal.appharu.com/wp-content/uploads/2023/05/Prachanda-and-KP-Oli-768x403.jpg)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बाट बाहिरिएका छन् ।
नयाँ सत्ता गठबन्धनको बैठक छोडेर प्रधानमन्त्री निवासबाट उनीहरु बाहिरिएका हुन् । उनीहरु राष्ट्रपति निवास गएको हुनसक्ने बताइएको छ ।
बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्माओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरु सहभागी थिए ।
अन्य दोस्रो तहका नेताहरु भने बालुवाटारमा नै रहेको बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वले नयाँ सरकार आजै गठन हुने भएको छ । प्रधानमन्त्री दाहालको सिफारिसमा आजै नयाँ मन्त्रीहरुले सपथ लिने कार्यक्रम रहेको छ ।
उनका अनुसार नयाँ मन्त्रीहरुको सपथ आज साँझ ५ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने छ ।
आज सपथ लिने मन्त्रीहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डोलप्रसाद अर्याल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का हितबहादुर तामाङ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पदम गिरी रहको छन ।
SHARE YOUR THOUGHTS