![](https://internal.appharu.com/wp-content/uploads/2024/03/deuba-nepal-768x576.jpg)
काठमाडौं । नेपाली काँग्रसले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँगको छलफल सकारात्मक भएको बताएको छ ।
बुधवार नेपाल निवास कोटेश्वरमा पुगेका नेपाली काँग्रेस सभापति देउवा र अध्यक्ष नेपालबीच परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो । छलफल सकारात्मक रहेको काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । उनले सकारात्मक छलफल भएकाले छलफल र भेटघाटलाई निरन्तरता दिने बताए ।
‘अहिलेको तत्काल परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो । छलफल सकारात्मक भएको छ । छलफललाई निरन्तरता दिन्छौँ’ उनले भने ‘हामीले हाम्रो आधिकारित धारणा राखिसकेको छौं । काँग्रेसको धारणा अहिलेलाई त्यही हो । पूर्वप्रधानमन्त्री माधव नेपालसँग अहिलेको विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको हो । यसलाई निरन्तर दिन्छौँ । नयाँ राजनीतिक विकासका काममा छलफल हुन्छ । सबै राजनीतिक दलसँग छलफल भइरहेको छ ।’
प्रमुख सचेतक लेखकले अहिले सबै राजनीतिक दलसँग छलफल भइरहेको पनि बताए ।
SHARE YOUR THOUGHTS