![](https://internal.appharu.com/wp-content/uploads/2024/03/samajabadi.jpg)
काठमाडौं । नेकपा एकीकृत समाजवादी नयाँ गठबन्धन सरकारमा सहभागी हुने भएको छ ।
बुधबार दिउँसो केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको एकीकृत समाजवादीका एक नेताले बताए । एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने टुंगो लागेको उनको भनाइ छ। आजै सपथको तयारी गरिएको छ ।
अन्य शर्तहरुबारे पछि छलफल गर्ने उनको भनाइ छ ।
SHARE YOUR THOUGHTS