माओवादीबाट ३ जना मन्त्री दोहोरिने « Eglish Khabarhub

माओवादीबाट ३ जना मन्त्री दोहोरिने



काठमाडौं । नेकपा माओवादीबाट तीन जना मन्त्री दोहोरिने भएका छन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री हुने भएका छन् भने शक्ति बस्नेत र रेखा शर्मा पनि मन्त्रीमा दोहोरिनेछन् ।

श्रेष्ठ यसअघि गृहमन्त्री थिए । नयाँ गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय पाएपछि श्रेष्ठ परराष्ट्र मन्त्रालय पुगेका हुन् । त्यस्तै बस्नेत वन र शर्मा सञ्चार मन्त्री थिए । पर्यटन मन्त्री सुदन किराँती भने बाहिरिने भएका छन् । माओवादीले उपमहासचिव वर्षमान पुनलाई अर्थमन्त्रालयको जिम्मेवारी दिँदै छ ।

माओवादी केन्द्रबाटै हितबहादुर तामाङले मन्त्री पदको सपथ लिइसकेका छन् ।

Publish on: