![](https://internal.appharu.com/wp-content/uploads/2024/03/naresh-kumar-shai.jpg)
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा (एकीकृत समाजवादी) पार्टी बाहिरिएको छ । प्रदेशमा कांग्रेस नेतृत्वको सरकारमा रहेको एकीकृत समाजवादी संघमा नयाँ गठबन्धनमा सामेल भएपछि प्रदेश सरकारबाट बाहिरिएको हो ।
समाजवादीकातर्फबाट आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर समीकरण फेरिएका कारण पदमा बसिरहन नसक्ने जानकारी गराएका छन् ।
शाहीको उक्त जानकारीपछि मुख्यमन्त्री शाहले उनले सम्हालिरहेको मन्त्रालय आफैसँग राखेका छन् । चार जना प्रदेश सभा सदस्य रहेको एकीकृत समाजवादीले बिहीबार संसदीय दलको बैठकबाटसरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने तयारी गरेको छ ।
यसअघि माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन लिएको थियो । समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएसँगै कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
अब शाहलाई नेपाली कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका ७ गरेर २५ जना प्रदेशसभा सदस्यको समर्थन छ । सरकार जोगाउनका लागि २७ जना सांसदको समर्थन चाहिन्छ ।
संघमा नयाँ गठबन्धनमा सहभागी नहुने भएको नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकारका विषयमा अहिलेसम्म कुनै निर्णय गरेको छैन ।
SHARE YOUR THOUGHTS