काठामाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ। बिहीबार बिहान बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मन्त्रीहरूको टुंगो लगाएको हो।
बैठकले अध्यक्ष यादव र सप्तरी-१ बाट निर्वाचित सांसद नवलकिशोर साहको नाम टुंगो लगाएको छ।
अध्यक्ष यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा साह वनमन्त्री बनाउने टुंगो लागेको छ ।
SHARE YOUR THOUGHTS