![](https://internal.appharu.com/wp-content/uploads/2024/03/yubraj-sharma-1-768x403.png)
काठमाडौं । राष्ट्रिय सभाको अध्यक्ष पदका लागि मंगलबार भएको निर्वाचनमा कांग्रेस उम्मेदवार युवराज शर्माले आवश्यक मत पाउन सकेनन् । उनको पक्षमा १७ मत मात्रै परेको छ ।
उम्मेदवारी दर्ता क्रमअनुसार शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमा सुरुमा मतदान भएको थियो ।
५६ मत खसेकोमा शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १७ मत पर्दा विपक्षमा ३९ मत परेको हो ।
सभाको सञ्चालन गरिरहेकी उपाध्यक्ष उर्मिला अर्यालले शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको घोषणा गरिन्।
यसपछि अर्का उम्मेदवार नारायणप्रसाद दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि मतदान हुने कार्यक्रम छ ।
SHARE YOUR THOUGHTS