![](https://internal.appharu.com/wp-content/uploads/2023/05/kp-768x403.png)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई छलफलका लागि आह्वान गरेका छन् ।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने प्रयोजनका लागि बसेको प्रतिनिधि सभा बैठकमा ओलीले आफू प्रतिपक्षमा रहेको बेला देउवासँग छलफल गर्न खोजेको भए पनि उनले नमानेको बताए ।
‘शेरबहादुरजी हिजो सत्तापक्षमा हुनुहुन्थ्यो, पूर्वप्रधानमन्त्री । म अहिले सत्तापक्षमा छु, पूर्वप्रधानमन्त्री पनि हो । म भन्न चाहन्छु शेरबहादुरजीलाई, बसौं । कुरा गरौं,’ ओलीले यस्तो प्रस्ताव राख्दा संसद बैठकमै रहेका देउवा मुसुमुसु हाँस्दै ‘हुन्छ’ भनेका थिए।
अध्यक्ष ओलीले प्रतिपक्षमा बस्दैमा कुरा नचल्ने भन्ने नहुने पनि बताए ।
‘आउनुस् कुरा गरौं, छलफल गरौं । समस्याहरू मिलेर समस्या समाधान गरौं । देश समस्याग्रस्त छ। भ्रष्टाचार रोक्नुपर्दछ,’ ओलीले भने ।
SHARE YOUR THOUGHTS