![](https://internal.appharu.com/wp-content/uploads/2024/03/Udayapur-Accident.png)
विराटनगर । उदयपुरको बेलका नगरपालिका-७ मा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
जीप भीरबाट खस्दा ६ जनाकै घटनास्थलमै ज्यान गएको हो । घाइते ७ जनालाई अस्पताल पठाइएको छ ।
भोजपुरको घोडेटारबाट सुनसरीको धरानतर्फ जाँदै गरेको जिप सडकबाट ५०० मिटर तल खसेको प्रहरीले जाएको छ ।
नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी चन्द्रकुबेर खापुङले घटनास्थलमै ६ जनाको शव भेटिएको जनाए ।
SHARE YOUR THOUGHTS