![](https://internal.appharu.com/wp-content/uploads/2024/03/baburam-bhattrai-and-mahendra-raya-yadav-768x448.png)
काठमाडौं । उपेन्द्र यादब नेतृत्वको जनता समाजवादी पार्टीबाट छुट्टिएर डा. बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी (नेसपा) आधिकारिक रुपमा फुटेको छ ।
नेसपाका अर्को नेता महिन्द्रराय यादब समूहले उक्त पार्टी फुटाएर नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति जनाएको हो । पछिल्लो समयमा भट्टराईलाई पनि नेकपा माओवादी केन्द्रसंग एकता गराउन प्रयास भएको थियो । तर त्यो प्रयास असफल भएपनि यादब समूहले पार्टी फुटाएर माओवादी केन्द्रसँग एकता गर्न लागेको हो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अध्यक्षतामा शनिबार बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सहमति गरेको छ ।
SHARE YOUR THOUGHTS