![](https://internal.appharu.com/wp-content/uploads/2024/03/shushma.png)
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ३ तारेभिरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा सुष्मा लामाको हत्या गरी शव गाडिएको अवस्थामा छोड्ने आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
गत माघ २२ गतेदेखि कलेज जान भनेर हिँडेकी काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं. ३ तारेभिरकी १८ वर्षीया सुष्मा लामा बेपत्ता थिइन् ।
उनको शव फागुन २४ गते साँझ शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा फेला परेको थियो भने फागुन २५ गते उत्खनन् गरी सनाखत भएको थियो । प्रहरीले हत्यामा संलग्न गोकर्णेश्वर नगरपालिका वडा नं. ३ तारेभिरका २१ वर्षीय रुपेन्द्र लामालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्यामा आरोपी व्यक्तिलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रहरी अधिकारीकाअनुसार हत्या आरोपी व्यक्तिले सुष्मा लामालाई विगत ८ महिनादेखि एकोहोरो मन पराएको र पटक–पटक प्रेम प्रस्ताव राख्दा पनि स्वीकार नगरिएपछि हत्या गरेको गरेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार माघ २२ गते कलेज जान भनि निस्किएकी लामा सम्पर्कमा आइनन् । माघ २३ गते फेसबुकमा विवाह गरेको फोटो पोष्ट गरिन् र आफू ३ दिनमा आउँछु भनेर पोष्ट गरिन् ।
परिवारले माघ २५ गते प्रहरी वृत्त बौद्धमा मानिस हराएको भनेर रिपोर्ट गरेसँगै प्रहरीले खोजतलास तथा अनुसन्धान सुरु गरेको थियो । एक महिनापछि फागुन २४ गते साँझ हातमात्र देखिएको अवस्थामा तारेभिरमै शव गाडिएको अवस्थामा फेला परेको र २५ गते उत्खनन् भएको जनाइएको छ । हात पेटीले कसेको र घाँटीमा टाईले कसेको अर्ध सडे गलेको अवस्थामा रहेको शव आमाले सनाखत गरेकी थिइन् ।
अभियुक्तको कोठाबाट खाल्डो खन्न प्रयोग भएको कुटो, मृतकको मोबाइल र किताव कापी समेत बरामद भएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/03/shushma5-768x403.png)
![](https://internal.appharu.com/wp-content/uploads/2024/03/shushma6-768x403.png)
![](https://internal.appharu.com/wp-content/uploads/2024/03/shushma2.png)
![](https://internal.appharu.com/wp-content/uploads/2024/03/shushma4.png)
![](https://internal.appharu.com/wp-content/uploads/2024/03/shushma1.png)
प्रतिक्रिया