![](https://internal.appharu.com/wp-content/uploads/2022/07/Gold-768x427.png)
काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार रुपैयाँ कायम भएको थियो । सोमबार प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख २४ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २३ हजार ९ सय रुपैयाँ कायम भएको छ । स
साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १५ सय २० रुपैयाँ कायम भएको छ ।
SHARE YOUR THOUGHTS