मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढ्याे


काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेकाे छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ५ सय रुपैयाँ कायम भएको थियो । मंगलबार प्रतितोला ७ सय रुपैयाँले बढेर १ लाख २५ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १५ सय २५ रुपैयाँ कायम भएको छ ।