![](https://internal.appharu.com/wp-content/uploads/2024/03/petrol-and-rabi.png)
काठमाडौं । काठमाडौं र पोखरामा पेट्रोल पम्प २४ सै घण्टा सञ्चालन हुन थालेका छन् ।
गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौं र पोखरामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सञ्चालन गरिरहेको पेट्रोल पम्पहरु सञ्चालन हुन थालेका हुन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प चैत ७ गतेदेखि २४ सै घण्टा खुला गरिएका हुन् ।
‘नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प चैत ७ गतेदेखि २४ सै घण्टा खुला गरिएको छ,’ गृहमन्त्रीको सचिवालयले भनेको छ, ‘ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा नेपाल प्रहरीले प्रधान कार्यालय नक्साल तथा सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हल्चोक र पोखरामा सञ्चालन गरिरहेको पेट्रोल पम्प २४ सै घण्टा खुला गर्न थालिएको हो।’
SHARE YOUR THOUGHTS