भन्सार कार्यालय पर्साले १३७ प्रकारका वस्तु लिलामी गर्दै « Eglish Khabarhub

भन्सार कार्यालय पर्साले १३७ प्रकारका वस्तु लिलामी गर्दै



काठमाडौं । सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सिया पर्साले १३७ प्रकारको विभिन्न वस्तु लिलामी गर्न लागेको छ ।

कार्यालयले मंगलबार सूचना जारी गर्दै सुपाडी, पोस्ता दाना, लुब्रिकेन्ट्स देखिने तरल पदार्थ, फर्नेस आयल, वासिङ्ग मेसिन, कृषि उपकरण, अटो पार्टस, फिड सप्लिमेन्टस्, मदिरा, कालो मासको दाल, कार्पेटलगायतका १३७ वटा वस्तु लिलामी गर्न लागेको हो।

यसमध्ये सबैभन्दा बढी सुपारी, कालो मास दाल, पोस्ता दाना र लुब्रिकेन्ट्स देखिने तरल पदार्थ रहेका छन् ।

विभिन्न समयमा जफत गरिएका यस्ता वस्तु जे जस्तो अवस्थामा छ, त्यहि अवस्थामा निलामी गरिने कार्यालयले जनाएको छ ।

Publish on: