सुरुङ निर्माणमा ‘विश्व रेकर्ड’ « Eglish Khabarhub

सुरुङ निर्माणमा ‘विश्व रेकर्ड’



काठमाडौं । चिनियाँ निर्माण कम्पनी ‘चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड’ले राष्ट्रिय गौरवको सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणमा विश्व रेकर्ड राखेको दाबी गरेको छ ।

टनेल बोरिङ मेसिन ९टिबिएम० प्रविधिमार्फत एक महिनामा १५०३.३ मिटर सिँचाइ सुरुङ खनेर विश्व रेकर्ड नै राखेको कम्पनीको दाबी छ।

यसअघि पनि कम्पनीले सोही आयोजनामा २०२३ मार्चमा १२२४.१३ मिटर सिँचाइ सुरुङ बनाएर नयाँ रेकर्ड राखेको थियो । अहिले त्यो रेकर्ड तोडिएको हो ।

Publish on: