![](https://internal.appharu.com/wp-content/uploads/2023/03/Gold_sun-768x403.jpg)
काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेको छ ।
शुक्रबार छापावाला सुनको मूल्य हालसम्मकै उच्च कायम भई प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो । आइतबार प्रतितोला २२ सय रुपैयाँले घटेर १ लाख ३६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।
साथै आइतबार चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेर १७ सय रुपैयाँ कायम भएको छ ।
SHARE YOUR THOUGHTS