![](https://internal.appharu.com/wp-content/uploads/2023/09/food-management-and-trading.png)
काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन माग गरेको छ ।
कम्पनीले खुला प्रतिस्र्पधाबाट उक्त पदमा अधिकारी नियुक्त गर्न सूचना प्रकाशित गरेको हो ।
कम्पनीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धि निर्देशिका २०७८ अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट उक्त पदका लागि आवेदन माग गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दको ३ बर्षे कार्यकाल गत मंगलबार सकिएपछि उक्त पद रिक्त भएको छ । सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन कम्पनीले समयसीमा निर्धारण गरेको छ ।
SHARE YOUR THOUGHTS