![](https://internal.appharu.com/wp-content/uploads/2020/05/shakiya.jpg)
काठमाडौं । डा. अन्जान शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत भएकी छन् ।
मन्त्रिपरिषद्को सिफारिसका आधारमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले शाक्यलाई मनोनीत गरेका हुन् ।
चैत ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
शाक्य इजरायलका लागि पूर्वनेपाली राजदूत हुन् ।
SHARE YOUR THOUGHTS