![](https://internal.appharu.com/wp-content/uploads/2023/12/balen-shaha-768x403.png)
काठमाडौं। काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबाट जरिवाना तिराएका छन् ।
मेयर शाहले लिङ्देनबाट ५ हजार २ सय २२ रुपैयाँ ८१ पैसा जरिवाना तिराएको हो । शाहले लिङ्देनलाई उक्त रकम बैंक दाखिला गर्न पत्र पठाएका छन ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९७ बमोजिम ट्राफिक आइल्याण्डमा पुगेको क्षतिको मर्मत गर्न २ सय २२ रुपैयाँ ८१ पैसा र आन्दोलनका क्रममा जताततै फोहर गरेकोले फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३९ (१) बमोजिम ५ हजार रुपैयाँ जरिवाना तोकिएको पत्रमा उल्लेख छ ।
पत्रमा क्षतिपूर्ति र जरिवानाबापतको रकम बैंक दाखिला गर्न खाता नं। उपलब्ध गराइएको महानगरपालिकाले जनाएको छ । पार्टीले चैत २७ गते भृकुटीमण्डप केन्द्रित आन्दोलनको कार्यक्रम गरेको थियो ।
SHARE YOUR THOUGHTS