नेपाली सेनामा १४७ जनाको माग, कसरी दिने आवेदन ? « Eglish Khabarhub

नेपाली सेनामा १४७ जनाको माग, कसरी दिने आवेदन ?



काठमाडौं । नेपाली सेनामा ठूलो संख्यामा जनशक्ति माग गरेको छ ।

सेनाको भर्ना छनोट निर्देशनालय, जङ्गी अड्डाले शुक्रबार सार्वजनिक सूचना प्रकाशन गर्दै प्राविधिकतर्फ १४७ कर्मचारी माग गरेको हो । विज्ञापनमा जनाइएअनुसार हवाई, पदिक तथा बिल्लादार पदहरूको दरखास्त आह्वान भएको छ ।

आवेदन दिन इच्छुकले आगामी जेठ १९ गतेसम्म आवेदन दिनसक्ने छन् ।

योग्यता पुगेको नेपाली नागरिकले नेपाली सेनाको वेबसाइटबाट अनलाइन दरखास्त फाराम भरी सोको हार्डकपी प्रिन्ट आउट गरी केन्द्रमा बुझाउने वा उम्मेदवार स्वयं भर्ना केन्द्रमा उपस्थित भई दरखास्त फाराम भर्न सक्ने सूचनामा जनाइएको छ ।

Publish on: