पतञ्जली आयुर्वेदका १४ उत्पादनको लाइसेन्स खारेज « Eglish Khabarhub

पतञ्जली आयुर्वेदका १४ उत्पादनको लाइसेन्स खारेज


१९ बैशाख २०८१, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

एजेन्सी । भारतको उत्तराखण्ड सरकारले पतञ्जली र दिव्य फार्मेसीका १४ उत्पादनको लाइसेन्स खारेज गरिदिएको छ । पतञ्जलीका विभिन्न १४ उत्पादनका लाइसेन्स खारेज गरेको उत्तराखण्ड सरकारले भारतीय सर्वोच्च अदालतलाई जानकारी दिएको हो ।

दिव्य फार्मेसीले पतञ्जलीका यी १४ आयुर्वेदिक औषधिको उत्पादन गर्ने गरेको छ । पतञ्जलीले बारबार ती उत्पादनबारे भ्रामक विज्ञापन गरेकाले उक्त कम्पनीको लाइसेन्स खारेज गरेको जनाएको छ ।

बाबा रामदेव, आचार्य बालकृष्ण र पतञ्जलीविरुद्ध पनि ड्रग्स तथा म्याजिक रेमेडिज उपचार ऐन उल्लंघन गरेको भन्दै भारतको सर्वोच्च अदालतमा मुद्दा परेको थियो । यससँगै सर्वोच्च अदालतले भारतीय चिकित्सा संघ आईएमएद्वारा २०२२ को मुद्दाको सुनुवाइ मंगलबार गरेको थियो । जहाँ कोभिडविरुद्धको खोप र आधुनिक चिकित्सा प्रणालीविरुद्ध भ्रम फैलाएको आरोप रामदेवमाथि छ ।

मंगलबार बाबा रामदेव र आचार्य बालकृष्ण मंगलबार अदालत उपस्थित भएका थिए । जहाँ डेढ घण्टा सुनुवाइ भएको थियो ।

न्यायाधीश हिमा कोहली र न्यायाधीश अहसानुद्धीन अमानुल्लाहको बेन्चमा रामदेव र बालकृष्ण पाचौं पटक उपस्थित भएका हुन् । पतञ्जलीको पक्षबाट मुकुल रोतगी र बलवीर सिंहले पनि बहस गरेका थिए ।

उत्तराखण्ड सरकारको पक्षबाट ध्रुव मेहता उपस्थित थिए । यस क्रममा इन्डियन मेडिकल एसोसिएसन आईएमएका अधिकारी पनि मंगलबारको सुनुवाइमा उपस्थित थिए । सुनुवाइ सुरु हुँदै गर्दा अदालतले पतञ्जलीका वकिललाई ओरिजिनल माफीनामाको पत्र पल्टाएर देखाउँदै भने, ‘धेरै समयदेखि कम्युनिकेसन ग्याप भएछ ।’

अदालतले पतञ्जलीलाई उनको माफीनामा सहितको पत्रिका पेस गर्न सक्ने छुट भने दिएको थियो । तर इकटिङको अनुमति भने दिएको छैन । यस्तै आगामी सुनुवाइमा बाबा रामदेव र आचार्य बालकृष्णलाई उपस्थित नहुने छुट दिइएको छ । यस्तै इन्डियन मेडिकल एसोसिएसनका अध्यक्षको मिडिया अन्तर्वार्ता पनि न्यायाधीशले सुनेका थिए । जुन अन्तर्वार्ताको आधारमा फैसला गर्न सकिने पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नेपालमा पनि पतञ्जलीका उत्पादनहरुको बिक्री वितरण हुने गरेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार ००:००  ७ : २९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping